एनपीएलमा आज : पोखराविरुद्ध जनकपुर र काठमाडौँविरुद्ध सुदूरपश्चिम मैदान उत्रिदै

हिमाल प्रेस २० मंसिर २०८१ ७:०५
8
SHARES
एनपीएलमा आज : पोखराविरुद्ध जनकपुर र काठमाडौँविरुद्ध सुदूरपश्चिम मैदान उत्रिदै

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)मा बिहीबार दुई हुँदैछन्। आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्स खेल्न लागेका हुन्। दुईबीचको खेल कीर्तिपुरमा रहेको टीयू क्रिकेट मैदानमा बिहान ९ बजे पछि सुरु हुनेछ।

पोखरा पहिलो खेलमा पराजित भएकाले यस खेलमा जितका साथ प्रतियोगितामा पहिलो जित हात पार्न चाहान्छन्। पोखरा पहिलो खेलमा चितवन राइनोजसँग ८७ रनले पराजित भएको थियो।

सुरुवाती दुवै खेलमा जित हासिल गरेको जनकपुर यस खेलमा पनि जितको लयलाई निरन्तरता दिन चाहन्छ। जनकपुरले पहिलो खेलमा विराटनगर किंग्स तथा दोस्रो खेलमा कर्णाली याक्सलाई समान ८ विकेटले हराएको थियो।

पोखरा कुशल भुर्तेलको कप्तानीमा रहँदा जनकपुर अनिल शाहको कप्तानीमा रहेको छ। आजै हुने दोस्रो खेलमा काठमाडौँ गुर्खाज र सुदूरपश्चिम रोयल्सबीच खेल हुँदैछ। टीयू क्रिकेट मैदान कीर्तिपुरमा हुने खेल दिउँसो १ बजेबाट सुरु हुनेछ।

१ खेलमा जित १ मा व्यहोरेको काठमाडौँ बलियो टोली सुदूरपश्चिमलाई हराएर जितको लयलाई निरन्तरता दिन चाहन्छ। सुरुवाती खेलबाटै जितको लयलाई निरन्तरता दिएको सुदूरपश्चिम पनि जितको यात्रालाई निरन्तरता दिन चाहन्छ।

पुस ६ गतेसम्म चल्ने एनपीएलमा ८ टोलीको सहभागिता छ। राउन्ड रोबिन लिगपछि शीर्ष ४ टोली प्लेअफमा प्रवेश गर्नेछन्।

प्रकाशित: २० मंसिर २०८१ ७:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast