
काठमाडौँ- फिल्म ‘कार्साङ्’ को टिजर सार्वजनिक भएको छ। टिजरमा दयाहाङ राई, जितु नेपाल, बुद्धी तामाङ, दीया मास्केलगायत कलाकारको अभिनय छ।
फिल्मका लेखक तथा निर्देशक यम शेर्पा हुन्। शेर्पा समुदायकाे कथामा आधारित फिल्म आगामी पुस २६ मा प्रदर्शन हुनेछ।ग्रामीण जीवनशैलीलाई प्रस्तुत गरिएको टिजरमा दयाहाङ राई झाक्रीको भूमिकामा छन्।
गरिबीका कारण दाम्पत्य जीवनमा आइपर्ने उतारचढावलाई प्राथमिकता दिइएको छ। टिजरमा दयाहाङ राई, जितु नेपाल, बुद्धी तामाङ, दीया मास्केलगायत कलाकारको अभिनय छ। त्यस्तै जितु नेपाल र दीया मास्के पतिपत्निको भूमिकामा देखिएका छन्।
फिल्ममा सिर्जना निङ्लेखु, प्रेम लोप्चन, डोमा ह्योल्मो, सृष्टि गौतम, छोकी शेर्पा, सुरवीर पण्डित, कर्मा शेर्पालगायत कलाकारको अभिनय छ। सिर्जनाको यो डेब्यु फिल्म हो।
फिल्म सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका, भोटेकोसी गाउँपालिका क्षेत्रमा छायांकन गरिएको छ। यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्म्सको प्रस्तुति रहेको फिल्मका निर्माता छायाँकार पुरुषोत्तम प्रधान हुन्। फिल्म प्रधानले नै छायांकन गरेका छन्।