बेइजिङ– नेपाल र चीनबीच बेल्ट एण्ड रोड ईनिसियिटभ (बीआरआई) सहकार्यको फ्रेमवर्कमा आज सम्झौता भएको छ। बेइजिङमा आज भएको सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका निमित्त सचिव अमृतबहादुर राई र चीनका तर्फबाट नेशनल डेभलपमेन्ट एण्ड रिफर्म कमिसनका उपाध्यक्ष लि सुशेले हस्ताक्षर गरेका हुन्।
चीनका प्रधानमन्त्री ली छयाङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक भ्रमणको तेस्रो दिन यो सम्झौता भएको हो।
दुईपक्षीय भ्रमणको संयुक्त वक्तव्य नै आएपछि पनि सहकार्य सम्झौता के अन्तर्गत हो भन्ने स्पष्ट छैन। यस्तो भ्रमणको आधिकारिक डकुमेन्ट भनेको संयुक्त वक्तब्य नै हो। तर संयुक्त वक्तव्यमा यो कुरा सामेल भएको छैन। बेइजिङमा आज भएको सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका निमित्त सचिव अमृतबहादुर राई र चीनका तर्फबाट नेशनल डेभलपमेन्ट एन्ड रिफर्म कमिसनका उपाध्यक्ष लि सुशेले हस्ताक्षर गरेका हुन्।
यो कुन प्रकारको सम्झौता हो भन्ने विषय आफैँमा अन्योल रहेको देखिन्छ। चीनका प्रधानमन्त्री ली छयाङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक भ्रमणको सकिएको भन्ने संकेत गर्छ संयुक्त वक्तव्यले। तर वक्तब्य जारी भएपछि यस्तो सम्झौताको अर्थ के हुने हो।
सहयोगको पाटो पनि पुरानै रकम दिने विषय छ भने अन्य पनि पुरानै विषयमा सहझदारी भएका छन्। ओली फर्कनु एक दिन अघि यो प्रकारको सम्झौता गरेर झारा तिरेको वा रणनीतिक सहकार्य रहेको सन्देश दिएको स्पष्ट हुन सकेको देखिदैन । परराष्ट्र अधिकारीहरु पनि यो विषयमा अन्यौलमा छन्, ‘खै संयुक्त विज्ञप्ती पछि भएका गतिविधी भ्रमण अन्तरगत त पर्दैन। तर कसरी समेट्छन्। कुरो भएन।’ एक अधिकारीले भने।