आज स्वरसम्राट नारायणगोपालको ३४ औँ स्मृति दिवस

हिमाल प्रेस १९ मंसिर २०८१ ७:२०
14
SHARES
आज स्वरसम्राट नारायणगोपालको ३४ औँ स्मृति दिवस

काठमाडौँ- स्वरसम्राट नारायणगोपालको स्मृति दिवस। बुधबार उनको ३४औँ स्मृति दिवस मनाउन लागिएको हो।

नारायणगोपाल गुरुवाचार्य नेपाली संगीतका महान् गायकका रूपमा चिनिन्छन्। काठमाडौंको किलागलमा १९९६ असोज १८ गते जन्मिएका नारायणगोपालले २० को दशकको उत्तरार्धतिर रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गाएर स्वरपरीक्षा पास गरेका थिए। ३० वर्षको गायनयात्रामा उनले १३७ गीत गाएको संगीतका अध्येता प्रकाश सायमी बताउँछन्।

सांस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए। दार्जिलिङबाट आएका गोपाल योञ्जन, धनकुटाका नगेन्द्र थापा र नारायणगोपालको समूह बनेको थियो। थापाको गीत, योञ्जनको संगीतमा नारायणगोपालले थुप्रै गीत गाए। योञ्जन र नारायणगोपालले दार्जिलिङमै मित लगाएका थिए।

‘स्वर्गकी रानी मायाकी खानी’, ‘ए कान्छा ठट्टैमा यो बैस जान लाग्यो’, ‘श्रद्धाको फूल चढाइदिनु’ ‘चिनारी हाम्रो धेरै पुरानो’, ‘जीवनदेखि धेरै नै थाकेर म मुर्दा भएको’ ‘अल्झेछ क्यारे पछ्यौरी तिम्रो’, ‘तिम्रो जस्तो मुटु मेरो पनि’, ‘दुईटा फूल द्यौरालीमा’, आजै र राति के देखेँ सपना’, ‘पर्खी बसेँ आउला भनी’, ‘एउटा मान्छेको मायाले कति’,​ ‘पोखिएर घामको झुल्का’ र ‘तिमीले भनेका सारा देव छोएर’ लगायत उनका गीत लोकप्रिय छन्।

उनको निधन २०४७ मंसिर १९ गते भयो।

प्रकाशित: १९ मंसिर २०८१ ७:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast