कीर्तिपुरमा एमाले तेस्रो बनेपछि शंकर पोखरेलले भने : सहरी जनमत मूलधारको शक्तिमा आएन

हिमाल प्रेस १९ मंसिर २०८१ ६:२३
32
SHARES
कीर्तिपुरमा एमाले तेस्रो बनेपछि शंकर पोखरेलले भने : सहरी जनमत मूलधारको शक्तिमा आएन

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेले सामाजिक सञ्जालमा एमालेविरुद्धको कुप्रचारले चुनावी परिणामलाई प्रभावित गरेको बताएका छन्।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले पछिल्लो समयमा सामाजिक सञ्जालमा भएको एमाले र नेतृत्वविरुद्धको कुप्रचारले चुनावी परिणामलाई प्रभावित गरेको बताएका हुन्।

महासचिव पोखरेलले आइतबार भएको स्थानीय तहको उपनिर्वाचनमा एमालेका स्थानीय कमिटीको योजना र अपेक्षा अनुरूप चुनावी परिणाम आउन नसकेको स्वीकार गरेका छन्।

राजधानी काठमाडौँमा हुने निर्वाचनको परिणाममा उल्लेख्य सुधारको अपेक्षा गरिएको भएपनि त्यो पुरा हुन नसकेको उनले बताए। उनले सहरी क्षेत्रका मतदाताको झुकाव मूलधारका राजनीतिक दलका पक्षमा आउन नसकेको पनि बताए।

महासचिव पोखरेलले उपनिर्वाचनमा पहिले जितेका सिटमा देखिएको परिवर्तन भने आश्चर्य जनक रहेको उल्लेख गरे।

उनले भनेका छन्,‘नेकपा एमाले विगतमा जितेका ७ वडाध्यक्ष मध्ये १ सिट मात्र कायम राख्न सक्यो। नेकपा माओवादी केन्द्रले विगतमा जितेका ६ वडाध्यक्ष मध्ये पूर्वी रुकुमलाई छोडेर सबै गुमाउन पुग्यो। नेपाली कांग्रेसले १९ वडाध्यक्षमा १० र ६ पदाधिकारी मध्ये कीर्तिपुरलाई छोडेर सबै गुमाउन पुग्यो । यसबाट जनप्रतिनिधिको भूमिकाप्रति स्थानीय जनता सन्तुष्ट नभएको देखिन्छ।’

महासचिव पोखरेलले जनप्रतिनिधिहरूले आफ्नो कार्यशैलीमा व्यापक सुधार गर्नुपर्ने सन्देश उपनिर्वाचनले दिएको बताए।

प्रकाशित: १९ मंसिर २०८१ ६:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast