बढ्यो चिसो

हिमाल प्रेस १९ मंसिर २०८१ ६:१९
8
SHARES
बढ्यो चिसो फाइल तस्बिर- रासस

काठमाडौँ- मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अन्य क्षेत्रको मौसम बुधबार मुख्यतया सफा रहने छ। राति कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेपनि अन्य भागको मौसम मुख्यतया सफा रहने जनाइएको छ।

अहिले पनि देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसमविद्ले जनाएका छन्। र, उनीहरुका अनुसार पछिल्लो केही दिन यता जाडो बढेको छ।

२४ घण्टाको अन्तरालमा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले पर्यटन तथा पर्वतारोहण क्षेत्रमा आंशिक असर पर्नसक्ने बताइएको छ। जसका लागि आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।

प्रकाशित: १९ मंसिर २०८१ ६:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast