काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रिय जनकांग्रेसका अध्यक्ष झाओ लेजबीच भेटवार्ता भएको छ। चीनको चारदिने भ्रमणमा रहेका प्रधानमन्त्री ओली र झाओबीच मंगलबार बेइजिङस्थित ग्रेट हल अफ पिपलमा भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
मंगलबार नै प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका थिए। राष्ट्रपति सीलाई भेट्नुअघि मंगलबार प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी ली छ्याङबीच बेइजिङमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता भएको थियो। वार्तापछि नेपाल र चीनबीच नौ समझदारी (एमओयू) तथा सम्झौतापत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिए।
प्रकाशित: १८ मंसिर २०८१ १६:३१
प्रतिक्रिया