काठमाडौँ- सरकारले सामुदायिक विद्यालयका शिक्षकको लागि मात्रै वार्षिक १ खर्ब ६० करोड खर्च गरेको छ।
शिक्षक अनुदान सहयोगको कोटासहित सामुदायिक विद्यालयमा मात्रै शिक्षकको संख्या अहिले २ लाख २४ हजार ९७२ छ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईका अनुसार शिक्षकको तलबका लागि मात्रै करीब १ खर्ब ६० करोड रकम खर्च हुन्छ। यो ठूलो लगानी हो।
मन्त्री भट्टराईले उच्च शिक्षातर्फ १० हजार शिक्षक रहेको र त्यहाँ सरकारले १४ अर्ब ३२ करोड ३९ लाख ८९ हजार लगानी गर्दै आएको बताइन्। उनले विभिन्न प्रशिक्षकहरूलाई पनि थप लगानी गर्नुपरेको पनि उल्लेख गरिन्।
उनले शिक्षामा लगानी अनुसारको प्रतिफल भने नआएको बताइन्। उनले भनिन्, ‘सरकारले यति धेरै शिक्षक र विद्यार्थीमा लगानी गर्दा पनि प्रतिफल किन आएन? यो गहकिलो प्रश्न पनि।’
याे पनि
शिक्षक र विद्यार्थीमा सरकारको खर्बौँ लगानी, प्रतिफल किन आएन?