काठमाडौँ- काठमाडौँ महानगरपालिका- १६ मा भएको उपनिर्वाचनबाट निर्वाचित वडाध्यक्ष रोजिना श्रेष्ठलाई काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले शपथ गराएका छन्।
आज मंगलबार महानगर प्रमुख शाहले नवनिर्वाचित वडाध्यक्ष रोजिना श्रेष्ठलाई शपथ गराएका हुन्। शपथ ग्रहण कार्यक्रममा उपप्रमुख सुनिता डंगोललगायतको उपस्थिति थियो।
काठमाडौँ महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधनपछि त्यहाँ आइतबार उपनिर्वाचन भएको थियो। उपनिर्वाचनमा कांग्रेस र एमालेका उम्मेदवारलाई हराउँदै राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार श्रेष्ठ निर्वाचित भएकी हुन्।
प्रकाशित: १८ मंसिर २०८१ १५:३३
प्रतिक्रिया