गौरीशंकर उपाध्यक्षमा कांग्रेसलाई धक्का, एमालेको जित,

हिमाल प्रेस १८ मंसिर २०८१ ९:३८
28
SHARES
गौरीशंकर उपाध्यक्षमा कांग्रेसलाई धक्का, एमालेको जित,

 काठमाडौँ- दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार उमा लुंगेली मगर शेर्पा विजयी भएका छन्।

उनले दुई हजार आठ सय पाँच मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार निम लेकी शेर्पाले दुई हजार छ सय मत प्राप्त गरेका छन्।

यस्तै नेपाली कांग्रेसका उम्मेदवार पासदिकी तामाङले एक हजार सात सय २७ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका मनकुमारी श्रेष्ठले एक सय १८, राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा श्रेष्ठले एक सय, नेकपा एकीकृत समाजवादीका रविना खड्काले ९० मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।
२०७९ को स्थानीय तह निर्वाचनमा गौरीशंकरको उपाध्यक्ष कांग्रेसले जितेको थियो।

प्रकाशित: १८ मंसिर २०८१ ९:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast