विवादले ढिला मतगणना भएको बेलकामा माओवादीको जित, त्रियुगामा पनि कांग्रेसले जोगाएन जित

हिमाल प्रेस १८ मंसिर २०८१ ८:३६
20
SHARES
विवादले ढिला मतगणना भएको बेलकामा माओवादीको जित, त्रियुगामा पनि कांग्रेसले जोगाएन जित

उदयपुर- बेलका नगरपालिका-९ मा भएको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रका भरत घिमिरेले पाँच सय ५९ मत प्राप्त गरी वडाध्यक्ष पदमा निर्वाचित भएका छन्।

आइतबार राति मतगणनाका क्रममा बदर मतलाई लिएर विवाद भई गणना कार्य स्थगित भएपछि सोमबार दिउँसोदेखि सुरु भएको गणना राति ११ सम्पन्न भएको हो। घिमिरेका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका मोहन खड्काले पाँच सय २५ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका नवराज बस्नेतले चार सय चार मत प्राप्त गरेको निर्वाचन अधिकृत कार्यालयका सूचना अधिकारी सुरेश पोखरेलले जानकारी दिए।

माओवादी केन्द्रका घिमिरेले एमालेका खड्कालाई ३४ मतले पराजित गर्दै वडाध्यक्ष पदमा विजयी भएको बेलका–९ को निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

बेलका–९ मा कूल मतदाता संख्या तीन हजार एक सय ४७ रहेकामा एक हजार आठ सय ८७ मत खसेको थियो। यस्तै उदयपुरको त्रियुगा नगरपालिका–१२ को वडाध्यक्ष पदमा पनि माआवादी केन्द्रका नवीनकुमार बान्तावा राई विजयी भएका छन्। यसअघि यी दुवै नगरपालिकाको वडाहरूमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए।

प्रकाशित: १८ मंसिर २०८१ ८:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast