सर्केगाडको उपाध्यक्षमा माओवादी विजयी, एमाले तेस्रोमै सीमित

हिमाल प्रेस १८ मंसिर २०८१ ६:५६
14
SHARES
सर्केगाडको उपाध्यक्षमा माओवादी विजयी, एमाले तेस्रोमै सीमित

काठमाडौँ- हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ।

माओवादीकी देवकी तिमल्सिना १ हजार ६३७ मतसहित निर्वाचित भएकी हुन्। उनकी निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी सविता बुढाले १ हजार५९४ मत ल्याइन्। एमालेकी जाना शाही तेस्रो स्थानमा छिन्।

यहाँ कुल ४ हजार ५२४ खसेकामा माओवादीकी तिमल्सिनाले १ हजार ६३७ मत पाएकी छन्। निकटतम प्रतिद्वन्द्वी बुढाका पक्षमा १ हजार ५९४ मत परेको छ। एमालेकी जाना शाहीले १ हजार १३२ पाइन्।

२०७९ को स्थानीय तह निर्वाचनमा चन्द्रसिंह कार्की माओवादी केन्द्रबाट निर्वाचित भएको यस पदमा एमालेकी जुनकुमारी फडेरा पराजित भएकी थिइन्। कार्कीले ३ हजार २६९ मत ल्याएका थिए।

उनको केही समयअघि सडक दुर्घटनामा मृत्यु भएपछि उपनिर्वाचन भएको हो।

प्रकाशित: १८ मंसिर २०८१ ६:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast