
काठमाडौँ- रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार नरपुरा बुढा झन्डै दोब्बर मतान्तरसहित निर्वाचित भएकी छन्। बुढा ३ हजार ६२७ मतसहित निर्वाचित भएकी हुन्। नेपाली कांग्रेसको रुख चिह्नबाट चुनाव लडेकी एमाले जिल्ला उपसचिव केशकुमारी तुलाचनले २ हजार १२८ मत मात्र पाइन्।
यो गाउँपालिका उपाध्यक्षमा यसअघि माओवादी केन्द्रका भूपेन्द्रा बुढा निर्वाचित भएका थिए। उनको दुर्घटनामा निधन भएपछि उपनिर्वाचन भएको हो।
प्रकाशित: १७ मंसिर २०८१ १४:५८
प्रतिक्रिया