ग्रामथानमा माओवादीको फराकिलो अग्रता

हिमाल प्रेस १७ मंसिर २०८१ ९:०३
32
SHARES
ग्रामथानमा माओवादीको फराकिलो अग्रता

इटहरी- मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रले अग्रता फराकिलो बनाएको छ ।

१६ हजार १ सय ९४ मत गणना हुँदा माओवादी उम्मेदवार नमोनारायण माझीले ६ हजार २ सय ७६ प्राप्त गरेका छन् ।

कांग्रेसका उम्मेदवार बलराम सरदार ४ हजार ७ सय ९१ मतका साथ उनलाई पछ्याइरहेका छन् । ३ हजार २ सय ६६ मत नेकपा एमालेका उम्मेदवार तुलसीराम विश्वासले प्राप्त गरेका छन्।

आइतबार भएको उपनिर्वाचनमा ग्रामथानमा १८ हजार ५७७ मत खसेको थियो । अब २ हजार ३८३ मत गणना हुन बाँकी छ ।

प्रकाशित: १७ मंसिर २०८१ ९:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast