सुनसरीको गढी-६ मा एमालेलाई झड्का, कांग्रेसका साह निर्वाचित

हिमाल प्रेस १७ मंसिर २०८१ ७:३४
24
SHARES
सुनसरीको गढी-६ मा एमालेलाई झड्का, कांग्रेसका साह निर्वाचित

इटहरी- सुनसरीको गढी गाउँपालिका वडा नं. ६ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्। कांग्रेसका तेतर साहले ८१६ मत प्राप्त गरी निर्वाचित भएका हुन्।

निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार कुशेश्वर खेरवारले ७९४ मत प्राप्त गरे । यस्तै, नेकपा एमालेका उम्मेदवार सन्तु उरांवले ७७० मत प्राप्त गरे भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की कविता उराँवले ८४ मत प्राप्त गरिन्।

यसअघि ०७९ सालको निर्वाचनमा नेकपा एमालेका सदानन्द उराँव वडाध्यक्षमा निर्वाचित भएका थिए। उनको निधन भएपछि गढी ६ मा आइतबार उपनिर्वाचन भएको हो।

प्रकाशित: १७ मंसिर २०८१ ७:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast