महाबु गाउँपालिकाको अध्यक्षमा कांग्रेसलाई झड्का, एमालेका जंगबहादुर विजयी

हिमाल प्रेस १७ मंसिर २०८१ ७:०९
46
SHARES
महाबु गाउँपालिकाको अध्यक्षमा कांग्रेसलाई झड्का, एमालेका जंगबहादुर विजयी

काठमाडौँ- दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले विजयी भएको छ। नेकपा एमालेका उम्मेदवार जंगबहादुर शाही ३ हजार १२७ मत ल्याउँदै विजयी बनेका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका झलक बहादुर भण्डारीले २ हजार ६७५ मत ल्याए। त्यस्तै, नेकपा माओवादी केन्द्रका जंगबहादुर बराल मगरले ८४२ मत प्राप्त गरे।

यहाँ २०७९ सालको निर्वाचनमा कांग्रेसका लछुमन गुरुङ २ हजार ९७९ मत पाएर विजयी भएका थिए। ०७९ माघ २७ गते हृदयघातका कारण उनको मृत्यु भएपछि उपनिर्वाचन भएको हो।

प्रकाशित: १७ मंसिर २०८१ ७:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast