उपनिर्वाचन अपडेट : यी हुन् हालसम्म कांग्रेसले जितेका वडाध्यक्ष

हिमाल प्रेस १७ मंसिर २०८१ ६:५४
60
SHARES
उपनिर्वाचन अपडेट : यी हुन् हालसम्म कांग्रेसले जितेका वडाध्यक्ष

काठमाडौँ- स्थानीय तह उपनिर्वाचनमा हालसम्म कांग्रेसले १३ ठाउँमा वडाध्यक्ष पदमा विजय हासिल गरेको छ ।

निर्वाचन आयोगका अनुसार हेटौँडा उपमहानगरपालिका–१२ मा अर्जुन प्रसाद तिवारी, भीमदत्त नगरपालिका–६ मा प्रकाश चन्द, ठाकुरबाबा नगरपालिका–४ मा अमिन थारु निर्वाचित भएका छन् ।

यसैगरी गढी गाउँपालिका–६ मा तेतर साहु, राजपुर नगरपालिका–६ मा समसे आलम, रुन्टीगढी गाउँपालिका–४ मा भुपमणि पुन मगर, ईशनाथ नगरपालिका–७ मा शेख अब्दुल खलिक निर्वाचित भएका छन् ।

यसैगरी सानीभेरी गाउँपालिका ५ मा मोतीराम खत्री, कीर्तिपुर नगरपालिका १ मा इच्छा कुमार महर्जन, पूर्वीचौधी गाउँपालिका ६ मा मोहन थापा, लालीगुराँस नगरपालिका ८ मा नगेन्द्र लिम्बु, दुहुँ गाउँपालिका ५ मा धनसिंह कुँवर र कुशे गाउँपालिका ७ मा खम्ब बहादुर सिंह निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित: १७ मंसिर २०८१ ६:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast