सप्तरीको डाक्नेश्वरीका दुई वडामा कांग्रेसको स्थानमा जसपा नेपालको जित

हिमाल प्रेस १७ मंसिर २०८१ ६:२७
42
SHARES
सप्तरीको डाक्नेश्वरीका दुई वडामा कांग्रेसको स्थानमा जसपा नेपालको जित

काठमाडौँ- सप्तरीको डाक्नेश्वरी नगरपालिकाका दुई वडामा उपनिर्वाचन भएकामा दुवैमा जसपा नेपाल विजयी भएको छ।

डाक्नेश्वरीको वडा नं १ मा जसपा नेपालका धीरेन्द्रकुमार साह विजयी भएका छन्। उनले ६५२ मत पाए। कांग्रेसकी भुलियादेवी थरुनीले ५८७ मत पाइन् भने एमालेका भगवानी साहले २६५ मत पाए।

यसै नगरपालिकाको वडा नं ४ मा जसपा नेपालका देवेन्द्र यादव ३७२ मत ल्याएर विजयी भएका छन्। यी दुवै वडामा यसअघिको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका थिए।

प्रकाशित: १७ मंसिर २०८१ ६:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast