कन्काई नगरपालिका–६ : पहिले एमालेले जितेको वडामा अहिले स्वतन्त्र उम्मेदवार विजयी

हिमाल प्रेस १७ मंसिर २०८१ ६:०१
42
SHARES
कन्काई नगरपालिका–६ : पहिले एमालेले जितेको वडामा अहिले स्वतन्त्र उम्मेदवार विजयी

काठमाडौँ- झापाको कन्काई नगरपालिका–६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली निर्वाचित भएका छन् । आइतबार भएको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार ओलीको चार सय ९३ मत प्राप्त गरी विजयी भएको जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिए।

उनका अनुसार नेकपा एमालेका तुलाराम बस्नेतले तीन सय ५६ मत, नेपाली कांग्रेसका रामगोपाल ओलीले तीन सय १७ मत, नेकपा माओवादी केन्द्रका गणेशबहादुर थापाले दुई सय ७७ मत प्राप्त गरे ।

यसअघि २०७९ सालमा भएको निर्वाचनमा नेकपा एमालेका दीर्घबहादुर थापा पाँच सय आठ मत ल्याई निर्वाचित भएका थिए। कन्काई–६ मा कूल दुई हजार ५८ मतदाता रहेकामा एक हजार पाँच सय १३ मत खसेको निर्वाचन अधिकारी नेपालले जानकारी दिए।

प्रकाशित: १७ मंसिर २०८१ ६:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast