ओमानमा पहिलोपटक सामाजिक सुरक्षासम्बन्धी कार्यक्रम सञ्चालन

हिमाल प्रेस १६ मंसिर २०८१ २०:४६
8
SHARES
ओमानमा पहिलोपटक सामाजिक सुरक्षासम्बन्धी कार्यक्रम सञ्चालन

काठमाडौँ- ओमानको मस्कटस्थित नेपाली राजदूतावासमा सामाजिक सुरक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

नेपाली श्रमिकहरूलाई सुरक्षा कोषमा आवद्धता तथा योगदानको नियमितता गर्ने कार्यका लागि ओमानमा पहिलोपटक सामाजिक सुरक्षासम्बन्धी अभीमुखीकरण कार्यक्रमको आयोजना गरिएको हो।

कार्यक्रममा बोल्दै ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्यालले नेपाल सरकारले अघि सारेको सामाजिक सुरक्षा कोषको महत्वबारे प्रकाश पारेका थिए।

कार्यक्रममा उत्साहजनक सहभागिताका लागि खुशी व्यक्त गर्दै उनले राजदूतावासका कर्मचारी, नेपाली संघसंस्थाका प्रतिनिधि तथा स्वयंसेवकलाई धन्यवाद दिएका थिए।

सामाजिक सुरक्षा कोषका उपकार्यकारी निर्देशक विवेक पन्थीले सामाजिक सुरक्षा कोषमा आवद्ध हुने प्रक्रिया र योजनाको महत्व तथा फाइदाबारे जानकारी गराएका थिए।

दूतावासका द्वितीय सचिव विशेषकुमार साह र श्रम सहचारी गोविन्दप्रसाद आचार्यलले संयोजन गरेको कार्यक्रममा २१५ भन्दा बढी नेपाली कामदारहरूको सहभागिता रहेको थियो।

कार्यक्रमका लागि सामाजिक सुरक्षा कोष काठमाडौँबाट उपकार्यकारी निर्देशक विवेक पन्थी, सहायक निर्देशक राधिका निरौला र सूचना प्रविधि अधिकृत राजेश चापागाईं ओमान पुगेका छन्।

प्रकाशित: १६ मंसिर २०८१ २०:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast