सुरक्षाकर्मीसँगको मुठभेडमा भारतमा सात माओवादीको मृत्यु

हिमाल प्रेस १६ मंसिर २०८१ १५:५३
18
SHARES
सुरक्षाकर्मीसँगको मुठभेडमा भारतमा सात माओवादीको मृत्यु फाइल तस्बिर : हिन्दुस्तान टाइम्स

काठमाडौँ- भारतको छत्तीसगढ र तेलङ्गानाको सिमानामा पर्ने मुलुगु जिल्लामा प्रहरीसँग भइको मुठभेडमा सात माओवादी लडाकुको मृत्यु भएको छ।

तेलङ्गना प्रहरीका अनुसार प्रहरीले सुराकीको आधारमा सशस्त्र लडाकूहरूको खोजी गरिरहेका समय ‘ग्रेहाउन्ड’ का जवान र माओवादी समूह (नक्सलवादी) बीच मुठभेड भएको हो।

घटनास्थलबाट दुई थान एके–४७ राइफल, एक इन्सास राइफलका साथै अन्य हातहतियार, विष्फोटक पदार्थ र दैनिक उपभोग्य सामग्रीबरामद भएको प्रहरीले जनाएको छ।

मुलुगु जिल्लाको चालापाका वन क्षेत्रमा बिहान ५ः३० बजे माओवादी लडाकुसँग मुठभेड भएको थियो। एक घण्टाभन्दा बढी चलेको मुठभेडमा सात जना मारिएका थिए।

उक्त क्षेत्रमा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अन्य केही माओवादी घाइते भएको हुन सक्ने अनुमान गरिएको छ।

प्रकाशित: १६ मंसिर २०८१ १५:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast