काठमाडौँ- स्थानीय तहको उपनिर्वाचनअन्तर्गत मतदान जारी छ। आइतबार दिउँसो ३ बजेसम्म समग्रमा ५८ प्रतिशत मतदान भएको निर्वाचन आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन्।
यो उपनिर्वाचनमा दुई लाख २६ हजार ७९९ मतदाता छन्। हालसम्म करिब एक लाख ३० हजार मतदाताले मत खसालेको अर्यालले बताइन्।
स्थानीय तहमा रिक्त पदका निम्ति आज बिहान ७ बजेदेखि मतदान भइरहेको छ। बेलुका ५ बजेसम्म मतदान हुनेछ। मतदान सकिएलगत्तै एउटा मतदान केन्द्र रहेको वडाहरूको मतगणना सुरु गर्ने तयारी रहेको आयोगले जनाएको छ।
प्रकाशित: १६ मंसिर २०८१ १५:५४
प्रतिक्रिया