
काठमाडौँ- चार देशका लागि नियुक्त नवनियुक्त राजदूतहरुले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएका छन्। आइतबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा संयुक्त राज्य अमेरिकाका लागि लोकदर्शन रेग्मी,जर्मनीका लागि डा. शैल रुपाखेती, अरेवियाका लागि नरेशविक्रम ढकाल र अष्ट्रेलियका लागि चित्रलेखा यादवले पद तथा गोपनीयताको शपथ लिएका हुन्। कार्यक्रममा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा सहभागी थिइन्।
प्रकाशित: १६ मंसिर २०८१ १३:२६
प्रतिक्रिया