काठमाडौँ- रोल्पामा झोलुङ्गे पुलको खाडलमा पुरिएर पाँचजनाको मृत्यु भएको छ। सुनछहरी गाउँपालिकाका अध्यक्ष धनबहादुर पुन मगरका अनुसार झोलुङ्गे पुलको निर्माणका लागि खनिएको जगको खाडलमा पुरिएर पाँचजनाको मृत्यु भएको हो।
‘गाउँपालिकाको वडा नम्बर ३ मा नयाँ झोलुङ्गे पुल निर्माणका लागि जग खन्ने काम भइरहेको थियो। त्यहीबेला माथिबाट पहिरो आएर पुरेछ,’ उनले हिमालप्रेससँग भने। उनका अनुसार ७ जना त्यहा काम गरिरहेका थिए। दुई जना भने भागेर ज्यान बचाउन सफल भएका छन्।
ज्यान गुमाउनेहरू
१,जिल्ला रोल्पा सुनछहरी गाउँपालिका-३ बाहिरी गाम बस्ने बर्ष ४५ को दुजमन परियार
२, ,जिल्ला रोल्पा सुनछहरी गाउँपालिका -३, वर्ष ३१ को ओम परियार
३, जिल्ला रोल्पा सुनछहरी गाउँपालिका-३ वर्ष ४० की सुबित्रा परियार
४, जिल्ला रोल्पा सुनछहरी गाउँपालिका-३ वर्ष २७ की आईती परियार
५, पुरिएको शव जिल्ला रोल्पा सुनछहरी-३ बहिरी गाम बस्ने बर्ष ६६ को देविराम परियार