‘आईईएमआईएस’ मा शिक्षक विवरण अद्यावधिक गर्न केन्द्रले फेरि पठायो पत्र

हिमाल प्रेस १६ मंसिर २०८१ ११:३१
388
SHARES
‘आईईएमआईएस’ मा शिक्षक विवरण अद्यावधिक गर्न केन्द्रले फेरि पठायो पत्र

काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्र (शैक्षिक, सूचना तथा व्यवस्थापन शाखा) सानोठिमी, भक्तपुरले शुक्रबार स्थानीय तह (सबै), सामुदायिक विद्यालय (सबै) लाई पत्र पठाएर शिक्षकको विवरण अद्यावधिक गर्न गराउन अनुरोध गरेको छ।

शिक्षक दरबन्दी मिलानको लागि केन्द्रीयस्तरमा दरबन्दी मिलान कार्यदल गठन भएको जनाउँदै केन्द्रले शिक्षकसँग सम्बन्धित विवरण एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (Integrated Educational Management Information System IEMIS)मा प्रविष्टि/अद्यावधिक गर्न भदौ ३० गते सूचना प्रकाशित गरिएकोमा अधिकांश विद्यालयले पूर्णरुपमा विवरण अद्यावधिक नगरेपछि शुक्रबार फेरि पत्राचार गरिएको जनाएको हो।

विवरण अद्यावधिक नगर्दा शिक्षक व्यवस्थापन, दरबन्दीको पुनः वितरण, दरबन्दी मिलान लगायतका कार्यमा कठिनाइ भएको केन्द्रको भनाइ छ।

सबै विद्यालयलाई शिक्षकसँग सम्बन्धित विवरण (Basic Information, Qualification, Experience र Training मेनुमा भएका सबै Information field) मंसिर मसान्त सम्ममा प्रविष्टि/अद्यावधिक गर्ने व्यवस्था मिलाउन र सम्बन्धित शिक्षकले समेत आफ्नो सम्पूर्ण विवरण IEMIS मा अध्यावधिक भए नभएको एकीन गर्न पनि अनुरोध गरिएको छ।

समयमा यथार्थ विवरण प्रविष्टि/अद्यावधिक नभएका कारणपछि कुनै समस्या हुन गएमा सम्बन्धित विद्यालयको प्रधानाध्यापक र सम्बन्धित शिक्षक नै जिम्मेवार हुने केन्द्रले जनाएको छ।

प्रकाशित: १६ मंसिर २०८१ ११:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast