यू-१९ एसिया कप : नेपालले बंगलादेशविरुद्ध ब्याटिङ गर्ने

हिमाल प्रेस १६ मंसिर २०८१ १०:३७
4
SHARES
यू-१९ एसिया कप : नेपालले बंगलादेशविरुद्ध ब्याटिङ गर्ने यू १९ क्रिकेट टोली। फाइल तस्बिर

काठमाडौँ- एसीसी यू-१९ एसिया कपमा नेपालले टस हारेर ब्याटिङ गर्ने भएको छ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बंगलादेशले टस जितेर बलिङ रोजेको हो।

यो खेल नेपाली समय अनुसार बिहान पौने ११ बजे सुरु हुनेछ।

पहिलो खेलमा पराजित भएपछि नेपाललाई जितको दबाब छ। नेपाली टोली श्रीलंकासँग ५५ रनको हार ब्यहोरेको थियो। यो खेलमा नेपालाई पुनरागमनको अवसर रहनेछ। तर साविक विजेता बंगलादेश यो प्रतियोगिताको पनि उपाधि दाबेदारसमेत हो।

अघिल्लो सिजनको फाइनलमा उसले आयोजक यूएईलाई हराएर उपाधि जितेको थियो। बंगलादेशले यो सिजनको आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई ४५ रनले हराएको थियो।

नेपाल रहेको समूह बीमा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन्। एसिया कपमा शनिबार भएको खेलमा पाकिस्तानले भारतलाई ४३ रनले हराएको थियो भने यूएईसँग जापान २७३ रनले पराजित भयो।

प्रकाशित: १६ मंसिर २०८१ १०:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast