नेत्रहीन टी-२० विश्वकप क्रिकेटमा नेपाल पहिलो पटक सेमिफाइलनमा

हिमाल प्रेस १६ मंसिर २०८१ ६:५३
8
SHARES
नेत्रहीन टी-२० विश्वकप क्रिकेटमा नेपाल पहिलो पटक सेमिफाइलनमा

काठमाडौँ- नेपाल नेत्रहीन टी-२० विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको छ। हिजो लिग चरणका खेल सकिएपछि नेपाल सेमिफाइनलमा पुग्ने निश्चित भएको हो।

सन् २०१२ देखि विश्व कपमा सहभागी हुँदै आएको नेपाल पहिलोपल्ट सेमिफाइनलमा पुगेको हो । लिग चरणमा श्रीलंका, बंगलादेश र पाकिस्तानसँग पराजित नेपालले दक्षिण अफ्रिका र अफगानिस्तानलाई हराएको थियो ।

नेपालसँग पराजित दक्षिण अफ्रिका र अफगानिस्तान लिग चरणबाटै बाहिरिएका छन्। आज हुने सेमिफाइनलमा नेपालले घरेलु टोली पाकिस्तानसँग खेल्दैछ पाकिस्तान लिगमा शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको यो पहिलो पटक हो। हवाई भाडा अभावका कारण  क्रिकेट टोली रेलमा चढेर पाकिस्तान पुगेको थियो।

प्रकाशित: १६ मंसिर २०८१ ६:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast