कति छ आज डलरको भाउ?

हिमाल प्रेस १६ मंसिर २०८१ ६:३७
4
SHARES
कति छ आज डलरको भाउ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरूको विनिमय दर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, दिनारसहितका विदेशी मुद्राहरुको मूल्य घटबढ भएको छैन। अर्थात् हिजोकै विनिमय दरमा आज पनि विदेशी मुद्राहरुको कारोबार हुनेछ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८८ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ४८ पैसा छ। हिजो र अस्ती पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।

त्यसैगरी आज युरो एकको खरिदर एक सय ४२ रुपैयाँ ४३ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ०६ पैसा छ। आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७१ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ ९७ पैसा छ।

आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८७ रुपैयाँ ७६ र बिक्रीदर ८८ रुपैयाँ १५ पैसा छ। त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ९६ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ९२ पैसा छ।

त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ७५ पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ ३४ पैसा छ। हिजो र अस्ती पनि बहराइन दिनारको कारोबार मूल्य यही थियो।

प्रकाशित: १६ मंसिर २०८१ ६:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast