कोशी-कर्णाली प्रदेशमा हिमपात, पर्यटन तथा पर्वतारोहणमा आंशिक असर हुन सक्ने

हिमाल प्रेस १६ मंसिर २०८१ ६:२५
6
SHARES
कोशी-कर्णाली प्रदेशमा हिमपात, पर्यटन तथा पर्वतारोहणमा आंशिक असर हुन सक्ने

काठमाडौँ- नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव कायमै छ। आंशिक बदलीले जाडो बढाएपनि देशभर मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आइतबार आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली हुने देखिए पनि बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। यस्तै, राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने बताइएको छ। कोशी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

२४ घण्टाका लागि मौसविज्ञहरूले कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही ठाउँमा हल्का हिमपातको सम्भावना रहेकाले पर्यटन तथा पर्वतारोहणमा क्षणिक एवं आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रकाशित: १६ मंसिर २०८१ ६:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast