२३६ जना परम्परागत बाजा गुरुहरूलाई नगदसहित काठमाडौँ महानगरको सम्मान

हिमाल प्रेस २९ मंसिर २०८१ २०:४७ | Saturday, December 14, 2024
२३६ जना परम्परागत बाजा गुरुहरूलाई नगदसहित काठमाडौँ महानगरको सम्मान

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले २३६ जना परम्परागत बाजा गुरुहरूलाई जनही ३० हजारसहित सम्मान गरेको छ।

३०औँ महानगर दिवस २०८१ का अवसरमा राष्ट्रियसभागृहमा आयोजित समारोहमा उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गत तथा समितिका सदस्यहरूले गुरुहरूलाई सम्मान गरेका हुन्।

सम्मानित गृरुहरूमा ज्यापू महागुथि नेपाः, येँ महानगर समितिबाट सिफारिस भएका परम्परागत ६३ टोलका ६३ जना मु–धिमे गुरु र ५४ जना दाफा खिं गुरु हुन्।

गुंलाबाजं व्यवस्थापन व संरक्षण संघबाट सिफारिस भएका २५ टोलका एक–एकजना गुरु, नेपाल खड्गी सेवा समितिबाट सिफारिस भएका ६९ टोलका एक–एकजना नायःखिं बाजं गुरु, नेपाल राष्ट्रिय खड्गी समाजबाट नौ टोलबाट सिफारिस भएका १५ जना गुरु छन्।

यस्तै, केन्द्रीय मानन्धर संघबाट सिफारिस भएका तीन टोलका तीनजना र विभिन्न संघसंस्थाहरूबाट सिफारिस भएका सातजना बाजा गुरुलाई सम्मान गरिएको हो।

प्रकाशित: २९ मंसिर २०८१ २०:४७ | Saturday, December 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast