१४ करोडमा कुश्मा नगरपालिकाको भवन बन्दै

हिमाल प्रेस २८ मंसिर २०८१ ९:५२ | Friday, December 13, 2024
१४ करोडमा कुश्मा नगरपालिकाको भवन बन्दै

पर्वत- कुश्मा नगरपालिकाले १४ करोडको लागतमा पालिका भवन निर्माण सुरु गरेको छ।

नगरप्रमुख रामचन्द्र जोशीले बिहीबार भवनको शिलान्यास गरेका हुन्। आगामी १५ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य छ।

भवनका लागि जिल्ला समन्वय समितिले जग्गा उपलब्ध गराएको हो।

भवन लिफ्टसहित साढे छ तलाको हुनेछ। साथै पर्वतका सातवटै स्थानीय तहमा भवन निर्माण प्रारम्भ भएको छ।

महाशिला, जलजला र फलेवास नगरपालिकाका निर्माणाधीन भवन अन्तिम चरणमा पुगेका छन्।

प्रकाशित: २८ मंसिर २०८१ ९:५२ | Friday, December 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast