हुम्लामा लगातार हिमपात, जनजीवन कष्टकर

हिमाल प्रेस १४ पुष २०८१ १७:०६ | Sunday, December 29, 2024
हुम्लामा लगातार हिमपात, जनजीवन कष्टकर फाइल तस्बिर

सिमकोट- हुम्लामा पुस १२ गतेदेखि लगातार भारी हिमपात भएपछि उत्तरी भेगस्थित नाम्खा गाउँपालिकामा एक फिट हिउँ जमेको छ। लगातार तीन दिनसम्म हिमपात हुँदा सडक र हवाई यातायातका साथै दैनिक काम प्रभावित बनेको हो।हिमपात भएपछि नाम्खामा एक फिटभन्दा बढी हिउँ जमेको गाउँपालिकाका पूर्वअध्यक्ष विष्णु लामाले जानकारी दिए।

‘गाई झोपा र जुमागोठभित्रै छन् भने चौरी गाई छाडा भएका छन्। एक गाउँबाट अर्को गाउँसम्म जान अप्ठारो भएको छ, सदरमुकाम सिमकोटबाट सामान ढुवानी गर्न पनि कठिनाइ भइरहेको छ’, उनले भने।

सिमकोटबाट हुने सबै हवाई यातायत बन्द भएको सिमकोटस्थित नागरिक उड्डयान कार्यालयले जनाएको छ। चिसो बढेपछि विभिन्न ठाउँमा बुढापाका, बालबच्चाहरू आगो तापेर बस्न थालेका छन्। यसवर्ष बिहान र बेलुका चिसो अत्यधिक बढेको स्थानीय बताउँछन्।

प्रकाशित: १४ पुष २०८१ १७:०६ | Sunday, December 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast