हलमा लाग्यो ‘देव वाणी’

हिमाल प्रेस १० पुष २०८१ ११:१९ | Wednesday, December 25, 2024
हलमा लाग्यो ‘देव वाणी’

काठमाडौँ- क्रिसमस डे को अवसरमा हलमा ‘देव वाणी’ प्रदर्शन भएको छ। फिल्मका निर्देशक बाबु साहेब बलामी हुन्। एक्सन र ड्रामा जनरामा बनेकाे फिल्म नेपाली र हिन्दी भाषामा एकैसाथ प्रदर्शन भएको हाे।

देशकै ठुला मल्टिप्लेक्स हल क्यूएफएक्स, आइएनआइ, वान सिनेमाजलगायत रञ्जना, सिडिसी, सिकेलगायतका हलमा फिल्मकाे साे छ।

फिल्ममा सुनिल थापा, नव-कलाकार कुन्दन भारद्धाज, अनुजा लेप्चा, रवीन्द्र झा, ध्रुव कोइराला, घनश्याम गिरी, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, काजोल राघवाणी, लक्ष्मीनाथ तिमल्सिना लगायत कलाकारको अभिनय छ।

सिमरा, वीरगञ्ज, र काठमाडौँमा छायांकन गरिएको फिल्मको कथा निराजन मेहता मन्जिलले लेखेका हुन्।

मौसम पौडेल प्रस्तुतकर्ता रहेको फिल्ममा हरिबहादुर घलेको छायांकन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, तेञ्जु योञ्जनको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन र मनोहर सुनामको संगीत छ।

मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टले सहकार्यमा निर्माण गरिएको फिल्म मिना खड्का र हिराबहादुर लेप्चाले निर्माण गरेका हुन्।

फिल्मको प्रचारका लागि बलिउड अभिनेता ह्यारी जोश तथा कुन्दन भारद्वज अहिले काठमाडौँमा छन्।

प्रकाशित: १० पुष २०८१ ११:१९ | Wednesday, December 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast