सेयर बजार ३६ अंकले घट्यो

हिमाल प्रेस १६ पुष २०८१ १५:३१ | Tuesday, December 31, 2024
सेयर बजार ३६ अंकले घट्यो

काठमाडौँ- सेयर बजार परिसूचक नेप्से आज ३६ अंकले घटेको छ। खुलेदेखि नै ओरोला लागेको बजार अन्त्यमा ३६.३२ ले घटेर बन्द भएको हो। बजार घटेसँगै समग्र बजार मापक २,५७३.२६ विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ।

बजार घट्दा १८ कम्पनीको मात्रै सेयरमूल्य बढेको छ। २२३ कम्पनीको सेयरमूल्य घटेको छ। नदीप लघुवित्त, उपकार लघुवित्त, नेपाल इन्फास्ट्रचर बैंक, रसुवागढी हाइड्रो पावर लिमिटेडलगायत कम्पनी उच्च कमाउनेमा परे।

पाँच अर्ब ५६ करोड, ९२ लाख ६२ हजार रुपैयाँ बराबरको एक करोड २९ लाख ३५ हजार २९० कित्ता सेयर खरिद बिक्री भएको छ। समूहगत उपसूचकतर्फ अन्य समूहको सेयर ०.०६ प्रतिशतले बढेको छ। घट्नेमा सबैभन्दा धेरै फाइनान्स समूह ५.१९ प्रतिशतले घटेको छ।

प्रकाशित: १६ पुष २०८१ १५:३१ | Tuesday, December 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast