सेभिल्लामाथि रियालको जित, शीर्षमा रहेको एट्लेटिकासँग घट्यो अंक दूरी

हिमाल प्रेस ८ पुष २०८१ ८:०९ | Monday, December 23, 2024
सेभिल्लामाथि रियालको जित, शीर्षमा रहेको एट्लेटिकासँग घट्यो अंक दूरी

काठमाडौँ- स्पेनिस ला लिगामा सेभिल्लामाथि ४-२ को जित निकाल्दै रियाल मेड्रिड लिगको दोस्रो स्थानमा पुगेको छ।

सेभिल्लालाई रियालले हराउँदा तेस्रो स्थानमा झरेको बार्सिलोना दबाबमा परेको छ भने शीर्षमा पुगेको एट्लेटिको मट्रिडसँग अंक दूरी कसिलो बनाएको छ। शीषमा रहेको एट्लेटिकोको १८ खेलबाट ४१ अंक छ भने दोस्रोमा पुगेको रियालको समान खेलबाट ४० अंक छ।
रियालको जितका लागि केलियन एम्बाप्पे, फेडरिको भालभार्डे र रोड्रिगोले गोल गरेका थिए। रियालले ३४ मिनेटमा ३-० को अग्रता बनायो।

एमबाप्पेले १० औं मिनेटमा गोल गरे। भालभार्डेले २० औं मिनेटमा गोल गर्दै अन्तर दोब्बर बनाए। इसाक रोमेरोले ३५ औं मिनेटमा सेभिल्लाका लागि गोल गरे। ब्राहम डेयजले ५३ औं मिनेटमा गोल गरेपछि रियलले अग्रता थप फराकिलो बनायो। खेल सकिन ५ मिनेट बाँकीमा डोबी लुकेबाकियो पोस्ट नजिकबाट गोल गरे।

प्रकाशित: ८ पुष २०८१ ८:०९ | Monday, December 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast