सूर्यविनायकमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा पैदलयात्रीको निधन

हिमाल प्रेस ३० मंसिर २०८१ ८:२१ | Sunday, December 15, 2024
सूर्यविनायकमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा पैदलयात्रीको निधन

काठमाडौँ- भक्तपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।

शनिबार बेलुका ८:१५ बजे भक्तपुरको सूर्यविनायक नगरपालिका-१० नालिन्चोक जोरपाटीमा साँगातर्फ जाँदै गरेको बा ४६ प ११२७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा रामेछापको दोरम्बा गाउँपालिका-४ घर भई नालीन्चोक बस्ने ७० वर्षीय निमबहादुर मगरको मृत्यु भएको हो।

जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी ढुण्डीराज न्यौपानेका अनुसार मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका मगरलाई उपचारका लागि मध्यपुर अस्पताल थिमी लगिएको थियो।

उपचारका क्रममा शनिबार राति ९:४६ बजे उनको मृत्यु भएको हो। मोटरसाइकल चालक काभ्रेको बनेपा नगरपालिका-६ का ४४ वर्षीय जितेन्द्र श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएर घटनासम्बन्धमा थप अनुसन्धान गरिरहेको डीएसपी न्यौपानेले जानकारी दिए।

प्रकाशित: ३० मंसिर २०८१ ८:२१ | Sunday, December 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast