सुशासनका लागि आन्दोलन गर्छौं : प्रचण्ड

हिमाल प्रेस २९ मंसिर २०८१ २१:२५ | Saturday, December 14, 2024
सुशासनका लागि आन्दोलन गर्छौं : प्रचण्ड नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड।’ फाइल तस्बिर।

लुम्बिनी- नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली जनताको भरोसालाई टुट्न नदिने बताएका छन्।

रुपन्देहीको तिलोत्तमामा आज आयोजित राजनीतिक प्रशिक्षण कार्यक्रममा उनले पार्टीलाई थप एकताबद्ध बनाउँदै जनताको बीचमा लैजान र जनताको भावनालाई समेट्ने काममा लाग्न कार्यकर्तालाई निर्देशनसमेत दिएका छन्।

अध्यक्ष दाहालले जनता र परिवर्तनको पक्षमा लड्ने पार्टी माओवादी केन्द्र भएको उल्लेख गर्दै देशमा सुशासनका लागि अब समाजवादी नयाँ आन्दोलन गरिने बताए।

‘माओवादी केन्द्रको नेतृत्वमा बनेका सरकारले गरेका काम र अगाडि बढाएका योजनालाई जनताले सकारात्मक ढंगले बुझ्दै गएका छन्। सुशासनको अभियान, सामाजिक न्याय, देश, उत्पीडित वर्ग समुदायको हित, राष्ट्रको स्वाधीनता, संविधानको रक्षाका निम्ति माओवादी केन्द्रलाई बलियो बनाउन आवश्यक छ। यसमा सबै लाग्नुहोला’, उनले भने।

अध्यक्ष दाहालले राष्ट्रको हितलाई सर्वोपरी राखेर छिमेकी राष्ट्र भारत र चीन तथा अन्य राष्ट्रहरूसँग राम्रो सम्बन्ध कायम गर्नुपर्नेमा जोड दिए।

प्रकाशित: २९ मंसिर २०८१ २१:२५ | Saturday, December 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast