सुपर ओभरमा पोखराले विराटनगरलाई हरायो

हिमाल प्रेस २७ मंसिर २०८१ १२:४५ | Thursday, December 12, 2024
सुपर ओभरमा पोखराले विराटनगरलाई हरायो

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत विराटनगर किङ्सलाई सुपर ओभरमा १३ रनले हराउँदै पोखरा एभेन्जर्सले प्लेअफ पुग्ने सम्भावनालाई जिवितै राखेको छ। हारले विराटनगरलाई कठीन मोडमा पुर्‍याएको छ।

बिहीबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न रोमाञ्चक खेलमा टस जितेर ब्याटिङको निर्णय लिएको विराटनगरले २० ओभरको समाप्तिमा सात विकेट गुमाएर १३९ रनको योगफल तयार पारेको थियो। जवाफी ब्याटिङमा उत्रिएको पोखराले २० ओभरको समाप्तिमा ६ विकेट गुमाएर समान १४० रन कटाउन नसक्दा खेल सुपर ओभरमा धकेलिएको हो।

सुपर ओभरमा पोखराले सुरुवाती ब्याटिङ गरेको थियो। मैदानमा रेमन रिफर र आन्द्रेश गौसको जोडीले स्पिनर सन्दीप लामिछानेले फ्याकेको ६ बलमा १७ रन जोडे। सुरुवाती दुई बलमा रिफरले छक्का प्रहार गरेपछि पोखराले बलियो योफल खडा गरेको हो। जवाफी ब्याटिङमा उत्रिएको विराटनगरका लागि मार्टिन गप्टिल र निकोलस किर्टोनको जोडीले रिफरको बलमा मात्र पाँच रन बनाउन सक्यो।

पोखराले पाँच खेल खेल्दा दोस्रो खेलमा जित हासिल गरेको हो। बाँकीका दुई खेलमा राम्रो रनरेटमा विजयी प्राप्त गर्ने हो भने पोखराले प्लेअफमा स्थान बनाउने सम्भावना छ। गणितीय हिसाबमा झिनो आशा अझै बाँकी रहेको विराटनगरको यो चौथो हार हो। अब विराटनगरले आगामी दुई खेलमा जित त हासिल गर्नुपर्ने छ नै, विपक्षी टोलीको नतिजाले पनि उसको प्लेअफ समीकरणको छिनोफानो गर्नेछ। व्यावहारिक हिसाबमा हेर्ने हो भने विराटनगरको शीर्ष चारभित्र अटाउने सम्भावना एकदमै न्युन छ।

प्रकाशित: २७ मंसिर २०८१ १२:४५ | Thursday, December 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast