सुनचाँदीको मूल्य बढ्याे, प्रतितोला कति?

हिमाल प्रेस १२ पुष २०८१ ११:१६ | Friday, December 27, 2024
सुनचाँदीको मूल्य बढ्याे, प्रतितोला कति?

काठमाडौँ- नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। बिहीबार प्रतितोला छ सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला चार सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य प्रतितोला एक हजार आठ १५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला एक हजार आठ रुपैयाँमा कारोबार भएको थियो।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रुपैयाँ बढेको हो।

प्रकाशित: १२ पुष २०८१ ११:१६ | Friday, December 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast