सुदूरपश्चिम प्रदेशका अर्थमन्त्री सवार गाडी भारतमा दुर्घटना, मन्त्रीसहित श्रीमती र सहयोगी घाइते

हिमाल प्रेस ७ पुष २०८१ ६:२५ | Sunday, December 22, 2024
सुदूरपश्चिम प्रदेशका अर्थमन्त्री सवार गाडी भारतमा दुर्घटना, मन्त्रीसहित श्रीमती र सहयोगी घाइते

काठमाडौँ- सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बम सवारी दुर्घटनामा घाइते भएका छन्।

राज्यमन्त्री बम सवार प्रदेश ३-०१-०२४ च नम्बरको मोटर साँझ भारतको पलिया बजार नजिक दुर्घटनामा परेको कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।

दुर्घटनामा राज्यमन्त्रीकी श्रीमती कल्पना बम र सहयोगी पदम देउवा घाइते भएका छन्। सबै घाइतेको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार जारी छ। राज्यमन्त्रीको अवस्था सामान्य छ।भारतको खिरी जिल्लास्थित पलिया बजारमा किनमेल गरेर फर्किने क्रममा दुर्घटना भएको हो। रासस

प्रकाशित: ७ पुष २०८१ ६:२५ | Sunday, December 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast