फाइल तस्बिर
काठमाडौँ- कालिकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ। शुक्रबार राति ११ बजेर ३७ मिनेट जाँदा कालीकोटको लाली आसपास केन्द्रबिन्दु बनाएर तीन दशमलव सात म्याग्निच्यूडको भूकम्प गएको हो।
पुस महिना लागेपछि मात्रै पश्चिम नेपालमा ६ जिल्लामा सात वटा भूकम्प गएका राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। केन्द्रका अनुसार बिगत १३ दिनको अवधिमा पश्चिम नेपालमा मात्रै सातवटा भूकम्पको धक्का महसुस भएको हो।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पुस २ गते बझाङको धामेना आसपास केन्द्रबिन्दु बनाएर चार दशमलव तीन, पुस ३ गते बझाङको धामेना मै चार दशमलव एक म्याग्निच्यूडको भूकम्प गएको थियो। यस्तै, पुस ४ गते मनाङको नेस्याङ केन्द्रबिन्दु भएर चार दशमलव सात म्याग्निच्यूडको भूकम्प गएको थियो।
प्रकाशित: १३ पुष २०८१ ६:२० | Saturday, December 28, 2024
प्रतिक्रिया




