सिटी सफारी अनियन्त्रित हुँदा चालकको निधन

हिमाल प्रेस ३० मंसिर २०८१ १०:३० | Sunday, December 15, 2024
सिटी सफारी अनियन्त्रित हुँदा चालकको निधन

इटहरी- सुनसरीको रामधुनी नगरपालिकामा सिटी सफारी दुर्घटना हुँदा चालकको निधन भएको छ। रामधुनीको डुम्राहा टोल स्थितमा प्र १-०२-००४ ह १४८१ नम्बरको सिटी सफारी आफैँ अनियन्त्रित हुँदा ५० वर्षीय पुरण चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको हो।

घटनामा उनी गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा पठाइएपनि चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ।

सफारीमा धान ओभरलोड गरेका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित: ३० मंसिर २०८१ १०:३० | Sunday, December 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast