साउदीमा राहदानीको प्रतिलिपि बनाउँदा १८ हजारसम्म शुल्क लाग्ने

हिमाल प्रेस १ पुष २०८१ ११:१८ | Monday, December 16, 2024
साउदीमा राहदानीको प्रतिलिपि बनाउँदा १८ हजारसम्म शुल्क लाग्ने

काठमाडौँ- साउदी अरबस्थित नेपाली राजदूतावासले आजदेखि लागू हुनेगरी राहदानीको प्रतिलिपि बनाउन नयाँ शुल्क तोकिएको छ।

दूतावासले एक विज्ञप्ति जारी गर्दै १ पुस अर्थात् सोमबारदेखि ३४ पृष्ठको राहदानीका लागि ३०० साउदी रियाल (करिब ९ हजार रुपैयाँ) र ६६ पृष्ठको राहदानीका लागि ६०० साउदी रियाल (करिब १८ हजार रुपैयाँ) राजस्व दस्तुरबापत बुझाउनुपर्ने जनाएको छ।

साउदी पुगेका कामदारले राहदानी हराउँदा, पाना च्यातिँदा, केरमेट भएमा नयाँ राहदानी बनाउने गरेको दूतावासले जनाएको छ। साउदीबाट वार्षिक ३० हजारभन्दा बढी राहदानीको प्रतिलिपि जारी हुन्छ।

प्रकाशित: १ पुष २०८१ ११:१८ | Monday, December 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast