सहकारी ठगी आरोपमा वडा अध्यक्ष पक्राउ

हिमाल प्रेस ८ पुष २०८१ १६:२१ | Monday, December 23, 2024
सहकारी ठगी आरोपमा वडा अध्यक्ष पक्राउ

काठमाडौँ– सहकारी ठगी आरोपमा काठमाडौँको चन्द्रागिरि नगरपालिका–१२ का वडा अध्यक्ष नुच्छेबहादुर महर्जनलाई प्रहरीले पक्राउ गरेको छ।

ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

उनले वडाध्यक्ष महर्जनलाई प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले पक्राउ गरेको बताए।

प्रकाशित: ८ पुष २०८१ १६:२१ | Monday, December 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast