‘सरकारलाई असफल हुने छुट छैन’

हिमाल प्रेस ५ पुष २०८१ १८:०४ | Friday, December 20, 2024
‘सरकारलाई असफल हुने छुट छैन’

धनगढी– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस—एमालेको सहमतिमा बनेको वर्तमान सरकारलाई असफल हुने छुट नरहेको बताएका छन्।

शुक्रबार धनगढी विमानस्थलमा पत्रकारसँग उनले संविधान संशोधन, आर्थिक विकास र सुशासनका लागि दुई ठूला दल मिलेर सरकार गठन भएकाले सोही अनुसार जनपक्षीय काम गर्नुपर्नेमा जोड दिए।

‘यो सरकार संविधान संशोधन, आर्थिक विकास र सुशासनका लागि बनेको हो। संसद्का ठूला दुई दलबीचको सातबुँदे सहमति भएबमोजिम सरकार चल्नुपर्छ। अहिले सहमतिअनुसार काम नभएको हो कि भन्ने ढङ्गले कुरा भइरहेको छ। यस्तो हुनुहुँदैन,’ नेता कोइरालाले भने।

उनले पार्टी सभापति शेरबहादुर देउवासँग आफ्नो कुनै असमझदारी नरहेको पनि स्पष्ट पारे। नेता कोइराला पार्टीका शुभेच्छुक संस्थाद्वारा आयोजना हुने कार्यक्रममा सहभागी हुन शुक्रबार धनगढी पुगेका हुन्। उनलाई नेता कार्यकर्ताले १५ किलोको फूलको मालासहित भव्य स्वागत गरेका थिए।

प्रकाशित: ५ पुष २०८१ १८:०४ | Friday, December 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast