समृद्धि अभियानमा सहभागी हुन प्रभु साहले गरे आह्वान

हिमाल प्रेस १४ पुष २०८१ १८:३० | Sunday, December 29, 2024
समृद्धि अभियानमा सहभागी हुन प्रभु साहले गरे आह्वान

काठमाडौँ- आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नेपाल विश्वमै गौरवशाली ज्ञानभूमि, शान्तिभूमि र तपोभूमि भएकाले समृद्धिको अभियानमा सहभागी हुन सबैलाई आह्वान गरेका छन्।

उपत्यका विशेष कमिटीद्वारा आज (आइतबार) यहाँ आयोजित पार्टीको दोस्रो स्थापना दिवस समारोहमा उनले आफ्नो राष्ट्रप्रति गौरव गर्ने जनतालाई उत्साहका साथ गोलबन्द गर्दै देश विकासको अभियानमा संलग्न हुन सबै तह र तप्कालाई आग्रह गरेका हुन्।

प्रतिनिसभा सदस्य समेत रहेका साहले भने, ‘नेपालमा अथाह प्राकृतिक स्रोतसाधन र कर्मशील जनशक्ति छ, यो सम्पत्ति र ऊर्जालाई देश निर्माणमा समावेश गर्नुपर्ने आजको आवश्यकता छ।’

पार्टीका उपाध्यक्ष तिलकबहादुर थापा मगरले भ्रष्टाचार अन्त्य तथा सुशासन प्रवर्द्धनका लागि पार्टीले लिएको अभियान समाज बदल्न उन्नत र वैज्ञानिक भएकाले त्यसलाई अघि बढाउने कार्यमा साथ र सहयोग प्रदान गर्न आग्रह गरे। रासस

प्रकाशित: १४ पुष २०८१ १८:३० | Sunday, December 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast