 
                             
                                            मोरङ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले संघीय शिक्षा ऐन चाँडै ल्याइने बताएकी छन्।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा आज (आइतबार) यहाँ आयोजित ‘संघीय संरचनामा शिक्षा व्यवस्थापन’ विषयक छलफल एवं सुझाव संकलन कार्यक्रममा मन्त्री भट्टराईले संघीय शिक्षा ऐन संसदीय समितिमा छलफल प्रक्रियामा समेत अघि बढिसकेकाले चाँडै आउने र कार्यान्वयनमा आउने बताइन्।
मन्त्री भट्टराईले शिक्षा क्षेत्र समस्याग्रस्त भएकाले यसको सुधारका लागि कानुन निर्माण आवश्यक रहेको बताइन्। उनले सरकार कानुन निर्माणका साथै व्यवहारिक पक्षलाई पनि बलियो बनाउने पक्षमा रहेको धारणा राखिन्। सहकार्य, समन्वय र सहअस्तित्वमा काम गर्न सके शिक्षामा सुधार गर्न सकिने उनको भनाइ थियो।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शिक्षा देश विकासको पहिलो आधार भएकाले यसको विकासका लागि तीन तहका सरकारले समन्वय गरी कार्य गर्नुपर्नेमा जोड दिए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 