तस्बिर : एपी
काठमाडौँ – श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेलाई भारतको राजकीय भ्रमणको दोस्रो दिन सोमबार नयाँ दिल्लीस्थित राष्ट्रपति भवन प्राङ्गणमा भव्य स्वागत गरिएको छ।
श्रीलंकाका राष्ट्रपति दिसानायकेलाई राष्ट्रपति भवनमा राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका हुन्।
श्रीलंकाका राष्ट्रपति यही डिसेम्बर १५ देखि डिसेम्बर १७ सम्म भारतको राजकीय भ्रमणमा छन्।
गत सेप्टेम्बरमा पदभार ग्रहण गरेपछि दिसानायकेको यो पहिलो विदेश भ्रमण भारतमा भएको हो। भ्रमणका क्रममा दुई देशका नेताबीच दुई पक्षीय कुटनीतिक, राजनीतिक र आर्थिक सम्बन्धका बिषयमा छलफल हुने बताइएको छ।
प्रकाशित: १ पुष २०८१ १६:३१ | Monday, December 16, 2024
प्रतिक्रिया




