शिक्षा सुधारका लागि माइतीघरमा उभिएका चापागाईँलाई नागरिक अगुवाको ऐक्यबद्धता

हिमाल प्रेस १५ पुष २०८१ १६:२७ | Monday, December 30, 2024
शिक्षा सुधारका लागि माइतीघरमा उभिएका चापागाईँलाई नागरिक अगुवाको ऐक्यबद्धता

काठमाडौँ- सार्वजनिक शिक्षा सुधारका माग राखेर माइतीघर मण्डलामा उभिएका नेत्र चापागाईँलाई बृहत् नागरिक समाजका अगुवाले ऐक्यबद्धता जनाएका छन्।

सातैवटा प्रदेशमा उभिएर धर्ना दिई काठमाडौँ आएका चापागाईँले आइतबारदेखि माइतीघरमा धर्ना सुरु गरेका हुन्।

उनको धर्नास्थल माइतघर पुगेर आज नागरिक समाजका अगुवा संजीव उप्रेती, नवीन तिवारीलगायतले ऐक्यबद्धता जनाएका छन्।

नागरिक अगुवा उप्रेतीले सार्वजनिक शिक्षा सुधारको विषय गम्भीर भएको बताउँदै यसबारे सरकारको ध्यानाकर्षण गराउने बताए। उप्रतीले भने,‘सार्वजनिक शिक्षा सुधारको विषय गम्भीर विषय हो। यो तपाईँ हाम्रो सन्ततीको भविष्यसँग जोडिएको छ। मैले व्यक्तिगत रूपमा यो मुद्दालाई सकारात्मक रूपमा लिएको छु। बृहत् नागरिक समाजका अगुवाहरूसँग पनि छलफल गरेर हामी पनि सरकारलाई ध्यानाकर्षण गराउँछौं।’

चापागाईंले उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदनको आधारमा विद्यालय शिक्षा ऐन बनाउनुपर्ने, ऐनमा बालविकास शिक्षक, विद्यालय कर्मचारीका माग समेटिनुपर्ने, छात्रवृत्तिको रकम बढाउनु पर्नेलगायतका १५ बुँदे माग अघि सारेका छन्।

नेपाल समाजवादी पार्टी नयाँ शक्ति निकट समाजवादी विद्यार्थी युनियनका अध्यक्षसमेत रहेका चापागाईँले लामो समयदेखि शैक्षिक सुधारका आन्दोलन गर्दै आएका छन्। उनको आन्दोलनमा विभिन्न विद्यार्थी संगठन, जनप्रतिनिधि, अभिभावक, विद्यार्थीलगायतले पनि ऐक्यबद्धता जनाएका छन्।

उभिएर धर्ना किन? भिडियो हेर्नुस्

प्रकाशित: १५ पुष २०८१ १६:२७ | Monday, December 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast