 
                             
                                            काठमाडौँ- सार्वजनिक शिक्षा सुधारको माग राखेर सातवटै प्रदेशमा उभिएर धर्ना दिएका नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईँ काठमाडौँमा पनि उभिने भएका छन्।
आइतबारदेखि माग पूरा नभएसम्म माइतीघरमा उभिने उनले एक विज्ञप्तिमार्फत बताए। उनले विज्ञप्तिमा भनेका छन्,‘अहिलेसम्म माग सम्बोधन भएको छैन। आइतबारदेखि काठमाडौँमा पनि शान्तिपूर्णरुपमा उभिन्छु।’
सात प्रदेशको राजधानीमा उनी बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उभिएका थिए। उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदनको आधारमा विद्यालय शिक्षा ऐन बनाउनुपर्ने, ऐनमा बालविकास शिक्षक, विद्यालय कर्मचारीका माग समेटिनुपर्ने, छात्रवृत्तिको रकम बढाउनु पर्नेलगायतका १५ बुँदे माग चापागाईँका छन्।
यसअघि गत जेठमा पनि उनी शैक्षिक सुधारकै माग लिएर माइतीघरमा उभिएका थिए।
भिडियो वार्ता

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 